दफा १७
अन्य मुद्दामा साक्षीले बकेका कुराहरू
कुनै मुद्दामा कुनै अदालतका समक्ष कुनै साक्षीले बकेका कुराहरू देहायका अवस्थामा मात्र अर्को मुद्दामा प्रमाणमा लिन हुन्छ:
(क) सो साक्षी मरेको, बेपत्ता भएको वा साक्षी बस्न यस ऐन बमोजिम अयोग्य हुन गएकोमा, वा
(ख) निजले सो कुरामा प्रमाण दिन कर नलाग्ने गरी यस ऐन बमोजिम सुविधा पाउने अवस्था भएमा, वा
(ग) विपक्षीको जाल प्रपञ्चले गर्दा निजलाई अदालतमा उपस्थित गराउन सम्भव छैन भनि मुद्दाका पक्षले प्रमाणित गरेमा, वा
(घ) निजका बिरुद्ध म्याद जारी हुन नसक्ने अवस्था भएमा, वा
(ङ) अदालतको रायमा निजलाई उपस्थित गराउँदा अनावश्यक रूपमा बढी समय वा खर्च लाग्ने भै अनुपयुक्त देखिएमा ।